कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी

धनगढी – कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।

वडा नम्बर १ वनगाउँका स्थानीयले वडा विभाजनको विषयमा असहमति जनाउँदै नगरपालिकामा तालाबन्दी गरेका हुन्।

नगरपालिकाको हालको वडा नम्बर १ लाई कम्तीमा ६ वटा वडा बनाइनुपर्ने उनीहरुको माग छ।

नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नम्बर १ लाई ५ वडामा विभाजन गर्ने तयारी गरेको छ।

९ वटा वडा रहेको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ५ र वडा नम्बर २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ।

वनगाउँका स्थानीयले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन्।

त्यस वडामा थारुहरुको बसोबास रहेको छ। नगरपालिकाको वडा नम्बर १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ। त्यहाँ ५० हजार जनसंख्या रहेको छ।

असार १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्