जनकपुरधाममा जलाइयो प्रधानमन्त्री ओलीको पुतला

जनकपुरधाम– जनकपुरधाममा प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको छ। ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी पाँच दलीय गठबन्धनका विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्।

उनीहरुले ओलीले पुनःस्थापित भएको संसद पुनःविघटन गरेर प्रतिगामी कदम चालेको भन्दै संयुक्त रुपमा जनकपुरधाम नगर प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्।

विरोध प्रदर्शन जनकपुरधामको रेल्वे स्टेशन, भानु चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

संयुक्त विद्यार्थी संगठनमा अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियू, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ लगायत विद्यार्थी संगठनहरुले जनकपुरधाम नगरमा प्रदर्शन गरेको थिए।

असार १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्