विम्बल्डन टेनिसः संघर्षपूर्ण जितसहित एण्डी मुरे तेस्रो चरणमा

बेलायती एण्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा जर्मन क्वालिफायर अस्कर ओटेलाई पराजित गरेका हुन् ।

पहिलोपटक विम्बल्डन खेलिरहेका ओटे विश्व बरियतामा १५१ औँ स्थानमा छन् । ३४ वर्षका मुरेले ओटेलाई ६–, ४–६, ४–६, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् ।

हिपको गम्भीर चोटका कारण सन् २०१९ मा सन्यास लिनु पर्ने अवस्थामा पुगेका मुरे शल्यक्रिया तथा त्यसपछिको उपचार विधिपछि खेलमा फर्किएका हुन् ।

दुई पटकका विजेता मुरेले पहिलो चरणमा २४ औँ बरियताका जर्जियन खेलाडी निकोलोज बासिलाश्भीलीलाई पराजित गरेका थिए ।

तेस्रो चरणमा उनले १० औँ बरियताका क्यानडियन खेलाडी डेनिस शापोभालोभसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

असार १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्