टोटनह्यामको प्रशिक्षकमा नुनो इस्पिरितो सान्तो नियुक्त

इंग्लिस क्लब टोटनह्यामले वुल्भ्सका पूर्व प्रशिक्षक नुनो इस्पिरितो सान्तोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।

नुनोले टोटनह्यामसँग दुई वर्षको सम्झौता गरेका छन्। चार सिजनपछि गएको मे मा नुनोले वुल्भ्स छोडेका थिए।

उनले आफ्नो चार वर्षे कार्यकालमा वुल्भ्सलाई च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा गरि युरोपा लिगको क्वाटरफाइनलसम्म लग्न सफल भए।

गएको अप्रिलमा टोटनह्यामले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको थियो। त्यसपछि सिजनको अन्त्यसम्म २९ वर्षका रायन म्यासनले जिम्मेवारी सम्हालेका थिए।

असार १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्