काठमाडौँ – संसद पुनर्स्थापनाको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) लगायत पाँच विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिले अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध प्रदर्शनीमार्गमा प्रधानमन्त्री ओलीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो।

अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विरोध प्रदर्शन गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन्।

प्रदर्शनमा सहभागी केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।