बाघको छालासहित बाँकेबाट दुई जना पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्ज– बाँकेमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय, बाँकेको टोलीले बैजनाथ गाउँपालिका वडा नं. ४ तिलकपुरस्थित सडकमा हिँडिरहेका व्यक्तिको साथबाट पाटे बाघको दुई थान छाला बरामद गरेको प्रहरीले जनाएको छ।

अछाम मेल्लेख गाउँपालिका वडा नं. ३ का डम्बर बुढा र रामारोशन गाउँपालिका वडा नं. ५ का नन्दु बुढालाई प्रहरीले पाटे बाघको छालासहित पक्राउ गरेको हो। उनीहरुले बोकेको झोला खानतलासी गर्दा बाघको छाला बरामद भएको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

असार १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्