त्रिकोणात्मक टीट्वेन्टी शृंखला विजेता नेपाली टोलीलाई माइ सेकेन्ड टिचरले दियो ५ लाख रुपैयाँ, डेब्यु गरेका चार खेलाडीलाई पनि जनहीँ एक लाख रुपैयाँ

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक माई सेकेन्ड टिचरले त्रिकोणात्मक टीट्वेन्टी शृंखला जितेको नेपाली टोलीलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ।

निषेधाज्ञाका कारण नेपाली टोलीलाई  सम्मान गर्न ढिला हुन गएको माई सेकेन्ड टिचरले जनाएको छ।

बैशाखमा घरेलु मैदानमा भएको उक्त शृंखलामा नेपालले नेदरल्यान्ड्स र मलेसियालाई पछि पार्दै उपाधि जितेको थियो। नेदरल्यान्ड्स र नेपाल फाइनलमा भिडेका थिए। त्यसै शृंखलामार्फत सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका चार जना खेलाडीलाई पनि माई सेकेन्ड टिचरले जनहीँ एक एक लाख रुपैयाँद्धारा पुरस्कृत गरेको छ।

प्रतियोगितामा कुशल मल्ल, कुशल भुर्तेलसहित चार जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

असार १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्