बाढीले बाजुराको बुढीगंगामा २ पसल बगे

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार राति आएको वर्षाका कारण दुई पसल बगेका छन्।

बिहीबार राति आएको अविरल वर्षाले बुढीगंगा नगरपालिका -६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो।

बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपालिकाका लोकेश नाथ र मन थापाको पसल बगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बगाएका पसलमा नाथको होटेल र थापाको ग्यारेज रहेको प्रहरीले जनाएको छ। साथै बाढीले बजारका एक दर्जन भन्दा बढी पसलमा क्षति भएको स्थानीय बासिन्दाले बताएका छन्।

असार १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्