विम्बल्डन टेनिसः एण्डी मुरे तेस्रो चरणबाटै बाहिरिए

बेलायती एण्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन्।

शुक्रबार राति भएको खेलमा १० औँ बरियताका क्यानडियन खेलाडी डेनिस शापोभालोभसँग पराजित भएका हुन्।

दुईपटकका विजेता ३४ वर्षे मुरेलाई डेनिसले ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन्।

यस्तै बेलाती डान एभिन्सपनि अन्तिम १६ मा पुग्न सकेनन् । उनलाई अमेरिकी सेबास्टियन कोर्डाले पराजित गरेका हुन्।

विम्बल्डनमा पहिलोपटक सहभागी भएका कोर्डाले डानलाई ६–३, ३–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन्।

असार १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्