कोपा अमेरिकाः ब्राजिल सेमिफाइनलमा, चिले स्तब्ध

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा चिलेलाई १–० ले पराजित गर्दै आयोजक ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो ।

ब्राजिलको जितमा ४६ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । ४८ औँ मिनेटमा गाब्रियल जिसस सीधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भए पनि चिलेले त्यसको फाइदा लिन सकेन ।

जारी प्रतिस्पर्धामा अन्तिम चारमा पुग्ने ब्राजिल दोस्रो टिम हो । यसअघि शनिबार बिहानै भएको खेलमा टाइब्रेकरमा पाराग्वेलाई पराजित गरेर पेरुले पनि सेमिफाइनलको यात्रा तय गरेको थियो ।

आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वेले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छन् ।

असार १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्