हुम्लामा पत्रकारिता क्षेत्रको विकासका लागि नौ बुँदे घोषण पत्र जारी

सिमकोट – हुम्लामा सञ्चालित एकीकृत सञ्चार शिविरमा सहभागी हुम्लाका सञ्चारकर्मीहरुले दुर्गमको पत्रकारिता क्षेत्रको विकासका लागि नौ बुँदे घोषणापत्र जारी गरेका छन् । प्रेश काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायत पत्रकारहरुको सहभागितामा सो घोषणा पत्र जारी गरिएको हो ।

पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले जिल्लाको लागि सञ्चार शिविरलाई ऐतिहासिक भएको बताउँदै शिविरको अन्तमा जिल्लाको पत्रकारित क्षेत्रको विकासका लागि नौ बुँदे घोषणापत्र जारी गरिएको बताए ।

काउन्सिल अध्यक्ष बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सूचना विभागका निर्देशक भरत गौतम, पत्रकार महासंघका सचिब गोबिन्द्र प्रसाद चौलागाई, प्रेश काउन्सिलका सदस्य दीपक पाण्डेको उपस्थितिमा सो घोषणा पत्र जारी गरिएको हो ।

घोषणापत्रमा नेपालको पत्रकारिताले हुम्लाको विद्यमान प्राकृतिक, साँस्कृति, धार्मिक, जातिय, पर्यावणीय विविधता भन्दा पछ्यौटेपनालाई दयामुखी लिडबाट समावेश गर्ने गरेका कारण यहाँका नागरिकलाई हिनताबोध पैदा भएको भन्दै यस वास्तविकतालाई आत्मसाथ गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई हुम्लाको विद्यमान बिम्ब परिवर्तन गर्न सकरात्मक र समुन्नतीका समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्न आग्रह गरिएको छ ।

असार १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्