डेनमार्क २९ वर्षपछि युरो कपको सेमिफाइनलमा

डेनमार्क युरोकप २०२० को सेमिफाइनल प्रवेश गरेको छ। शनिबार राती भएको क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २-१ गोलले हरायो। डेनमार्कको जितमा थोमस डिलानी र केसपर डोलबर्गले एक एक गोल गरे। टोली २-० गोलले पछाडि परेको अवस्थामा  चेक गणतन्त्रका लागि प्याट्रिक सिकले गोल गरे।

प्रतियोगितामा उनको गोल संख्या ५ पुगेको छ। उनले सर्वाधिक ५ गोल गरेका क्रिस्टियानो रोनाल्डोको बराबरी गरेका छन्। डिलानीले ५ र डोलबर्गले ४२ औँ मिनेटमा गोल गरेका थिए। सिकले ४९ औँ मिनेटमा गोल गरेका थिए। डेनमार्क सन् १९९२ पछि पहिलोपटक युरो कपको सेमिफाइनलमा पुगेको हो। २९ वर्षपछि डेनमार्कले युरो कपको उपाधि जितेको थियो।

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्