नवलपुरको डण्डा क्षेत्रमा भारी वर्षा, स्थानीय खोलाहरुमा बाढीको जोखिम

काठमाडौँ – लगातारको भारी वर्षाका कारण नवलपुरका विभिन्न नदी–खोलामा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नवलपुरको डण्डा तथा आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भन्दा बढि समयदेखि भारी वर्षा हुँदा बाढीको जोखिम बढेको हो ।

पत्थरखोला, गिरवारी खोलासहितका साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा दिउँसोसम्मै सतर्क रहनु पर्ने महाशाखाले जनाएको छ ।

मनसुनी वायु सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण नदी तथा खोलाहरुमा पानीको सतह बढेकाले बाढी तथा आकश्मिक बहावको जोखिम बढेको हो ।

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्