युक्रेन–महिला सैनिकले परेडमा यस्तो के लगाउने छन् जसका कारण भइरहेछ ‘हंगामा’

युक्रेनमा रक्षा मन्त्रालयको एउटा निर्णयलाई लिएर यूक्रेनमा ठूलो हंगामा मच्चिइरहेको छ। यो निर्णयलाई लिएर धेरै खरा प्रतिक्रिया आईरहेका छन्। युक्रेनका धेरै मानिसहरु यो निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्, भने सांसदका एक समूहले रक्षा मन्त्री एन्ड्री ट्रानलाई माफी माग्न  भनेका छन्।

खासमा युक्रेन आउँदो अगस्ट २४ मा आफ्नो स्वतन्त्रताको ३० वर्ष पूरा भएको उत्सव मनाउँदै छ । यसको तयारीको लागि परेडको अभ्यास गराईरहेको छ। युक्रेनको रक्षा मन्त्रालयले योजना बनाएको छ कि यो परेडमा महिला सैनिक जुत्ताको सट्टा अग्ला हिलहरु लगाउनेछन्।

युक्रेनको रक्षा मन्त्रालयले यो परेडको अभ्याससँग जोडिएको केही तस्बिरहरु साझा गरेको छ जसमा महिला सैनिक कालो रंगको अग्लो हिल लगाएको देखिएका छन्।

तर संसदमा विपक्षी पार्टीका सदस्य इरिना गेरशचेँले यसलाई समानता  नभइ लैंगिकवाद (सेक्सिजम) बताएकी छन्। उनले भनिन्, ‘सुरुमा मैले सोचे की युद्धको कपडामा कालो हिल लगाएर पूर्वाभ्यास गरिरहेकी महिला सैनिकको यो तस्बिर अफवाह हो।’

यस्तै यो निर्णयमा पूर्व महिला सैनिकले असन्तुष्टि जनाएका छन्।

एक पूर्व सैन्यकर्मी मारिया बर्लिस्काले भनिन्, ‘परेडमा सेनाको वीरताको प्रदर्शन हुनुपर्छ, तर यहाँ दर्शक दिर्घामा बसिरहेका वरिष्ठ सैन्य अधिकारीलाई खुशी बनाउनका लागि यस्तो गरिरहेका छन्।’

युक्रेन सोभियत संघको विघटनपछि एउटा छुट्टै देश बनेको थियो। हालै संसदको उपसभामुख ओलीका कोन्द्रात्युकका अनुसार १३ हजार ५ सय भन्दा धेरै महिला सैनिकले पूर्वी यूक्रेनमा रुस समर्थितहरु विरुद्ध लडाईमा डटेर लडेका थिए।

भनिन्छ ३१ हजार भन्दा धेरै महिलाहरु यूक्रेनको विभिन्न सुरक्षाबलसँग जोडिएको छन् जसमा ४ हजार महिलाहरु अफिसर छन्।

असार २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्