
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ।
डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्याँसमा पनि प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ।
निगमका अनुसार अब प्रति लिटर पेट्रोल १ सय २९ तथा डिजेल र मट्टितेल समान १ सय १२ रुपैयाँ पुगेको छ। यसैगरि खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ४ सय २५ रुपैयाँ पुगेको छ। निगमले दुई साता अघि मात्र पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो।