‘बालोन डी’आर जित्न लायक पेनाल्टी’

स्पेनलाई टाइब्रेकरमा पराजित गरेर युरोकप फुटबलको फाइनल यात्रा तय गर्नुमा इटालीका लागि जोर्जिन्हो निर्णायक बने । निर्धारित तथा थप गरिएको समयको खेलमा १–१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।

जोर्जिन्हो पाँचौँ पेनाल्टी प्रहारका लागि आएका थिए । उनले पेनाल्टीमा गोल गर्न सेक इटाली युरोकपको फाइनलमा, नसके नतिजा स्पेनलाई अवसर । जोर्जिन्होले आफ्नो स्थिरता कायम गरे र पेनाल्टीमा गोल गर्न सके, इटाली फाइनलमा पुग्यो ।

चेल्सीका खेलाडीले क्लब प्रतिस्पर्धामा पेनाल्टीमा गोल गरेको वा त्यसबाट नतिजा बदलको देखिएको थियो । तर मंगलबार राति स्पेनसँगको सेमिफाइनलमा उनले प्रहार गरेको पेनाल्टीको दबाब निकै भारी थियो । उनले सो पेनाल्टीमा गोल गर्न नसकेको भए ‘इडिएट’ जस्तै देखिने थिए ।

वेम्बलीमा उनले गोल गरे र स्पेनलाई घर पठाए । आफ्नो टिमका लागि महत्वपूर्ण पेनाल्टी प्रहार गरेको जोर्जिन्होलाई कप्तान लोरेन्जो इनसिग्नेले बालोन डी’ओरका लागि मनोनित गरिनु पर्ने बताएको फुटबल पण्डितहरुले उल्लेख गरेका छन् ।

इनसिग्नेले जोर्जिन्होलाई बोलोन डी’ओर दिइनु पर्ने बताएको खबर फुटबल इटालियाले प्रकाशित गरेको हो ।

त्यसबारे चर्चा भएको इनसिग्नेले पुष्टि गरेका छन् । इटालीको टिममा राम्रा खेलाडी रहेको र चेल्सीमा पनि राम्रो गरिरहेका जोर्जिन्होबारे कुरा भएको उनले उल्लेख गरेका हुन् ।

इनसिग्नेले जोर्जिन्होलाई बालोन डी’ओरका लागि मनोनित गर्ने बताएका हुन्।

असार २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्