रोनाल्डो जस्तै ‘खतरनाक’ ह्यारी केन

इंग्ल्याण्डका कप्तान ह्यारी केन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जस्तै खतरनाक रहेको डेनमार्कका पूर्व प्रशिक्षकले बताएका छन् ।

डेनिस टिमका पूर्व प्रशिक्षक एज हारेइडेले ह्यारी केन रोनाल्डो जस्तै विपक्षीका लागि खतरनाक खेलाडी रहेको बताएका हुन् ।

इंग्ल्याण्डले युरोकपको सेमिफाइनलमा बुधबार राति वेम्बलीमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दै छ ।

डेनमार्कका पूर्व प्रशिक्षक एजका अनुसार बुधबार रातिको खेलमा केनको उपस्थितिले नतिजा फरक पर्ने सक्ने बताए ।

उनले भनेका छन्, ‘ह्यारी केन क्रिष्टियानो रोनाल्डो जस्तै हुन् । उनलाई अवसर दिइयो भने गोल गरि हाल्छन्, सोही कारण उनी खतरनाक छन् ।’

असार २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्