एमाले विवाद: कार्यदल सदस्य भन्छन्, ‘२७–२८ सम्म नपुग्ला भन्ने लाग्छ’

काठमाडौँ – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। बिहान साढे १० बजे बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए।

उनका अनुसार बिहान साढे ८ बजे नै बैठक बस्ने भनिए पनि केही सदस्यको कार्यव्यस्तताका कारण साढे १० बजेलाई सारिएको हो।

आजको बैठकमा केही बुँदाहरु टुंगिने सम्भावना रहेको माधव नेपाल समूहमा रहेका ती कार्यदल सदस्यले जानकारी दिए।

उनले भने, ‘आजको बैठकमा केही बुँदाहरु टुंगिएलान्। तर आजै सबै सहमति हुने सम्भावना कम छ। समस्या ओली पक्षतिरै छ।’

उनले संसद विघटन सम्बन्धमा सर्वोच्चको फैसला आउनुअघि नै एमाले विवाद समाधान हुन सक्ने आशय व्यक्त गरे।

‘२७, २८ सम्म नपुग्ला भन्ने लाग्छ। छलफल सकारात्मक नै छ। तर विश्वास गरिहाल्ने अवस्था भने छैन’, उनले भने।

असार २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्