टिपर दुर्घटना हुँदा चालककाे मृत्यु

बुटवल – सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ५ मा बुधबार टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

टिपर चालक पाल्पा पुर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ।

लु २ ख ८२० नं. को उक्त टिप्पर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खसेको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

असार २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्