जोकोविच विम्बल्डनको सेमिफाइनलमा, कीर्तिमान बराबरी तर्फ अग्रसर

साबिक विजेता नोभाक जोकोविच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले हंगेरीका मार्टन फुक्सोविसलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन् ।

३४ वर्षका जोकोविचले २९ वर्षका मार्टनलाई ६–३, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन् । सर्बियन जोकोविचले १० औँ बरियताका डेनिस शापोभालोभसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

क्यानडियन डेनिसले २५ औँ बरियताका रुसी खेलाडी करेन खचानोभलाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

कीर्तिमानसँग बराबरी गर्ने २० ग्राण्डसलाम उपाधि भन्दा जोकोविच मात्रै दुई जित पर रहेका छन् ।

सेमिफाइनल हुँदै फाइनल पनि जितेमा उनले रोजर फेडेरर र राफायल नाडालको सर्वाधिक ग्राण्डसलामको कीर्तिमानमा बराबरी गर्ने छन् ।

असार २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्