बेलायतमा मनाइयो भानु जयन्ती

लन्डन – बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ।

नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको उक्त भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गर्ने जानकारी दिए।

परिषद्का नेपाल शाखाका सल्लाहकार प्राडा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता गरेको बताए।

परिषद्का संस्थापक अध्यक्ष सुरेशजंग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकहरूको प्रोत्साहन गर्न परिषद्ले काम गरिराखेको बताए।

परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले आदिकवि भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान सुरु गरेको बताए।

असार २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्