सरकारद्वारा नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत

काठमाडौँ – घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्।

आइतबार २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए। चैत १६ गते भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।

सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरिएको हो। यस्तै, प्रशिक्षकलाई सरकारले २ लाख रुपैयाँ प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल प्रधानमन्त्री केपी ओलीले समेत हेरेका थिए।

सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए। थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद् बैठकले विजेतालाई जनही ४–४ लाख दिने निर्णय गरेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो। फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक–एक गोल गरेका थिए। नेपालले ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको हो

असार २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्