मुख्यमन्त्री कार्यालय बाहिर बादी समुदायबीच आपसमा झडप

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि बादी समुदायका नागरिकबीच एक आपसमा झडप भएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायका नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ। आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए।

मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर पुगेका थिए। तर, उनीहरुले आफूहरुलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाए।

रमा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यस अघि पनि विभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालयअघि हात हालाहालको अवस्था सृजना भएको हो।

असार २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्