सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले पाए गोल्डेन बुट

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट पाएका छन् ।

गत संस्करणको विजेता पोर्चुगल योपटक अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ एक गरि प्रयोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाए ।

चेक गणतन्त्रका प्याट्रिक सेकले पनि समान पाँच गोल गरेका थिए । तर रोनाल्डो गोलका लागि गरेको सहयोगका कारण अघि रहे ।

उनले यो प्रतियोगितामा पाँच गोल गरेरै राष्ट्रिय टिमबाट सर्वकालीन सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानमा बराबरी गर्न पनि सफल भए । रोनाल्डोले पोर्चुगलका लागि १०९ गोल गरेका छन् ।

असार २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्