अर्जेन्टिनाका डी पल एथ्लेटिको मड्रिडमा अनुबन्धित

स्पेनिस ला लिगा च्याम्पियन एथ्लेटिको मड्रिडले अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पललाई अनुबन्धित गरेको छ ।

उनलाई युडिनेशबाट एथ्लेटिकोले आफ्नो क्लब ल्याएको हो । डी पलले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षका डी पल कोपा अमेरिका जित्ने अर्जेन्टिनी टिमको सदस्य हुन् । उनी सन् २०१४ देखि २०१६ सम्म भ्यालेन्सियाबाट ला लिगामा खेलेका थिए ।

सिरी ए क्लब युडिनेशबाट उनी झण्डै ३५ मिलियन युरोमा एथ्लेटिको मड्रिड आएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डी पलले भनेका छन्, ‘म निकै खुशी छु कि म ला लिगा च्याम्पियन क्लबमा जाँदैछु । यसले दिने जिम्मेवारीबारे पनि थाहा छ । यो मेरो खेल जीवनमा ठूलो खुड्किलो हो ।’

एथ्लेटिकोले उनलाई शक्तिशाली मिडफिल्डरका रुपमा परिभाषित गरेको छ।

असार २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्