नियुक्तिमा धारा उल्लेख नहुँदा देउवाले गरे शपथग्रहण अस्वीकार, बल्ल मिल्यो विवाद

फाइल फोटो।

काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवाद भएको छ। यद्यपि ६ बजे हुने भनिएको शपथका लागि देउवा बल्ल शीतलनिवास गएका छन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउन दबाब दिएका थिए। धारा उल्लेख नभएको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने भन्दै देउवा निवासमै बसेका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीलाई फोन गरेर विज्ञप्ति सच्याउन भनेका थिए।

स्रोतका अनुसार राष्ट्रपति कार्यालयले धारा उललेख गरेर अर्को विज्ञप्ति जारी गर्ने जानकारी दिएपछि देउवा शीतल निवासका लागि निवासबाट हिँडेका छन्।

साँझ ६ बजेका लागि निर्धारण भएको शपथ ग्रहण धारा विवादका कारण अझै सुरु भएको छैन।

सोमबार सर्वोच्चले जेठ ७ गते देउवाले १४९ जना सांसदको समर्थनसहित बुझाएको दाबीपत्रलाई मान्यता दिँदै धारा ७६ (५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

त्यसलाई संकेत गर्दै राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’

बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओेलीले आफू जनताबाट निर्वाचति देउवा परमादेशबाट प्रधानमन्त्री भएको भन्दै व्यंग्य गरेका थिए।

असार २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्