काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुतला जलाएको छ।

सर्वोच्च अदालतको सोमबारको फैसलाको विरोधमा युवा संघले राणाको पुतला जलाएको हो।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चको उक्त आदेशको विरोधमा एमालेको ओली पक्ष सडकमा निस्किएको हो।