खेतमा धान रोप्दै गरेका दुई महिलाको चट्याङ लागेर मृत्यु

सांकेतिक तस्बिर।

उदयपुर– चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाडीकी ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

असार २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्