बुटवल– सर्वोच्च अदालतको फैसलाको विरोधमा युवा संघले बुटवलमा प्रदर्शन गर्दै मसाल जुलुस निकालेको छ।

अस्पताललाइनमा शान्तिपूर्ण नाराबाजी गर्दै प्रदर्शन गरेको युवा संघले केहीबेरपछि ट्राफिक चोक पुगेर मसाल जुलुस निकालेको थियो।

युवा संघका कार्यकर्ताले ‘चोलेन्द्र शमशेर मुर्दावाद, राणाशासन मुर्दावाद, माकुने मुर्दावाद, राजनेता केपी ओली जिन्दावाद’जस्ता नारा लगाएका थिए।

युवा संघका जिल्ला संयोजक मनोज गौचनले सर्वोच्चको फैसला सेटिङ भएकाले विरोधमा उत्रिएको बताए। शान्तिपूर्ण प्रदर्शनलगत्तै उनीहरूले मसाल जुलुस निकाले।

मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए।