राससका प्रधानसम्पादकमा पाठक, नायब महाप्रबन्धकमा रिमाल

काठमाडौँ – राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन्।

कर्मचारी प्रतिनिधिका रूपमा रासस सञ्चालक समितिका सदस्य उनले १०औँ तहमा बढुवासहित साउन १ गतेदेखि लागू हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन्।

पाठकलाई बिहीबार रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीको उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए।

साथै, नवनियुक्त नायब महाप्रबन्धकहरूले पनि उनलाई बधाई दिएका थिए। हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन्।

यसैगरी, प्रमुख समाचारदाता राजु शाक्य र अन्तर्राष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिए।

हाल रासस आलेख शाखाका प्रमुख पाठक ०५६ सालमा समाचारदाताका रूपमा रासस प्रवेश गरेका थिए। त्यस्तै, रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त भएका छन्।

 

असार ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्