बलिउड अभिनेत्री सुरेखा सिकरीको निधन

बलिउड अभिनेत्री सुरेखा सिकरीको शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ।

उनको मृत्यु हृदयाघातबाट भएको हो।

सुरेखा केही समय यता बिरामी थिइन्।

गत वर्ष उनलाई ब्रेन स्ट्रोक पनि भएको थियो।

सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

उनले ‘तमस’(सन् १९८८), मम्मो(सन् १९९५) र ‘बधाई हो’(सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्।

उनी अभिनित चलचित्र ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो।

अमृत नाहटाको निर्देशन रहेको उक्त चलचित्रमाथि सञ्जय गान्धीले संकटकालीन समय(१९७५–७७) मा प्रतिबन्ध लगाएका थिए। पछि मात्रै उक्त चलचित्र रिलिज भएको थियो।

साउन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्