माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा सहभागी हुँदै

जनकपुरधाम – प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी हुन लागेको छ। माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुन लागेको छ।

प्रदेश सांसद साहले एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश सरकारमा सहभागी हुन लागेको बताए। उनले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको जानकारी दिए। राज्यमन्त्रीमा भने रुवी कुमारी कर्ण सहभागी हुनेछिन्।

सरकारमा जाने सहमति भए पनि कुन मन्त्रालयमा जाने त्यो निश्चित नभएको उनले बताए। यद्यपि अर्थ, कानुन अथवा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्रालय पाउने बताए।

सहभागी मन्त्रीहरूको शपथग्रहण कार्यक्रम पनि भोलि नै हुने सांसद साहले बताए। यसअघि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएको थियो।

त्यसै बेला माओवादी केन्द्रलाई सहभागी गराउने प्रयास गरे पनि अन्तिम समयमा प्रयास सफल हुन सकेको थिएन। प्रदेशसभा सदस्य भरतप्रसाद महोत्तरीको क्षेत्र नं. १ को खबाट निर्वाचित छन् भने रुविकुमारी कर्ण सप्तरीबाट समानुपातिक सांसद छिन्।

साउन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्