डा. हेमन्त खतिवडाको भजन संग्रह प्रकाशित

काठमाडौँ – डा. हेमन्त खतिवडाको भजन संग्रह प्रकाशित भएको छ । आध्यात्मिक गीतहरुलाई पुस्तकको स्वरुप दिएर उनले भजन संग्रहका रुपमा प्रकाशित गरेका हुन् ।

भगवान गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीसहितको स्तुति गान गरिएका १०६ भजनहरु पुस्तकमा छन् । संग्रहित मध्ये ५० वटा भजनहरु रेकर्ड भएका छन् ।

डा. खतिवडाका भजनहरु आशा भोश्ले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुसहितले गाएका छन् । १४५ पृष्ठको सो भजन संग्रहको मूल्य २०० रुपैयाँ रहेको छ ।

साउन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्