संयमित भएर क्रान्तिकारी भावनाका साथ अघि बढ्औँ : नेपाल पक्षीय युवा संघ उपाध्यक्ष पौडेल

जनकपुर – एमालेको नेपाल पक्षीय युवा संघका उपाध्यक्ष नितेश पौडेलले संयमताका साथ अघि बढ्न आग्रह गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी बाटोमा लग्दै विभाजन उन्मुख गरेकाले त्यसलाई बचाउनुपर्ने दायित्व युवा संघमाथि आइ लागेको उनले बताएका छन्।

शुक्रबार महोत्तरीको बर्दिबासमा आयोजित प्रदेश २ स्तरीय युवाको बैठकलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख समेत रहेका पौडेलले क्रान्तिकारी भावनालाई जोगाउने दायित्व अब युवा संघमा आइ लागेको बताएका हुन्। युवा संघको इतिहास जस्तै अबको काम पनि गर्भ गर्न लायक हुनुपर्ने उनको जोड थियो।

उपध्याक्ष पौडेलले भने, ‘संयमित भएर क्रान्तिकारी भावनासहित अघि बढ्ने उद्देश्यका साथ हामी आएका छौँ। हाम्रो इतिहास कमजोर छैन। इतिहास अनुसार अघि बढ्नुपर्छ। महेश बस्नेत होस् वा अरु जोसुकै होस् हामी होसियार भएर अघि बढ्न आह्वान गर्दछौँ। दक्षिणपन्थी भाषमा ओलीले पार्टीलाई लगेकाले त्यसलाई बचाउने दायित्व हामीमाथि आइ लागेको छ।’

उनले अध्यक्ष ओली अझै पनि पार्टीलाई एक ढिक्का बनाउने भन्दा पनि विभाजित गर्ने मनसायका साथ अघि बढेको आरोप लगाए। सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओलीको बानी १० बुँदे सहमतिमा पनि देखिएको उनको भनाइ थियो।

‘१० बुँदे सहमित भयो। तर पालना गर्न ओली तयार छैनन्। उनैले भनेको मान्दा पनि स्थायी कमिटि बैठक सहमतिमै राखाैँ भन्दा पनि ओली मान्ने तयारीमा छैनन्, पौडेलले अगाडि भने, ‘ओली पार्टीलाई एक होइन, विभाजन गर्न चाहेका छन्। आन्दोलन जोगाउन हामी लाग्नु पर्ने भएको छ। एक जुट हुनुपर्ने भएको छ। संविधान र गणतन्त्रको रक्षाका लागि हामी आन्दोलनमा जारी राख्नु पर्ने भएको छ।’

एमाले विभाजन उन्मुख भएसँगै नेपाल पक्षले देशभर संगठन विस्तारमा ध्यान केन्द्रित गर्न थालेको छ।

साउन २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्