कन्याम (इलाम) – वर्षमा जहिले पनि सहज रुपमा पुग्न सकिने पूर्वको पर्यटकीय स्थल हो इलामको कन्याम।

कन्यामलाई अहिले सूर्योदय नगरपालिकाले थप व्यवस्थित बनाइरहेको छ।

कन्याम क्षेत्रमा सडक सुधारका काम भएका छन्। अस्तव्यस्त हुने सडकलाई चार लेनको बनाएर सुधार गरिएको छ।

सूर्योदय नगरपालिकाले कन्यामको सौन्दर्यलाई योजनाअनुसार व्यवस्थित बनाउँदै लगिएको जनाएको छ।

फुड स्टेसन, व्यवस्थित पार्किङस्थल, आकर्षक अर्किट बगैंचा निर्माण गर्ने काम पनि धमाधम भइरहेको छ।

कन्याममा देशका विभिन्न स्थानबाट वनभोज र चिया बगानमा फोटो खिच्न मात्र पर्यटक आउने गरेका छन्।

तस्बिरहरूः