कान्स चलचित्र महोत्सव: यौन र हिंसाले भरिएको टाइटेन सर्वोत्कृष्ट ठहर

कान्स चलचित्र महाेत्सवमा फ्रेन्च–बेल्जियन चलचित्र ‘टाइटेन’ ले शीर्ष अवार्ड पाल्म डी’ओर प्राइज जितेको छ।

यौन र हिंसाले भरिएको चलचित्र टाइटेन सन् २०२१ को कान्स चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र ठहर भएको हो। ७४ औँ संस्करणको महोत्सवमा निर्देशक जुली डुकोर्नोले पाल्म डी’ओर प्राप्त गरिन्।

उनी सो पुरस्कार पाउने पहिलो दोस्रो महिला र एकल रुपमा प्राप्त गर्ने पहिलो महिला बनेकी छन्।

टाइटेन जुलीको दोस्रो फिचर फिल्म हो। यो चलचित्रमा एक वयश्क महिलाको कथा समेटिएको छ। बाल्यकालमा भएको दुर्घटनाबाट बाँच्न सफल भएकी ती महिलाले कारसँग यौन सम्बन्ध कायम गर्छिन्।

समाचोलकहरुको धारणा चलचित्रलाई लिएर विभाजित देखिएको छ। केहीले यसलाई राम्रो प्रतिक्रिया दिएका छन् भने केहीले राम्रो मानेका छैनन्।

कोरोना भाइरसको महामारी यता पहिलोपटक पूर्ण क्षमतामा भएको पहिलो चलचित्र महोत्सव हो कान्स। गएको वर्ष महोत्सव रद्द गरिएको थियो।

सन् २०१९ मा पारासाइटले पाल्म डी’ओर प्राइज जितेको थियो। सो चलचित्रले सन् २०२० को अस्करमा सर्वोत्कृष्ट चलचित्र अवार्ड जितेको थियो।

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्