संसदीय दलको बैठकमा सहभागी हुन जाँदै गरेका कांग्रेस सांसद (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनुअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। प्रतिनिधि सभाको बैठक अपराह्न ४ः०० बजे बस्दैछ।

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने कार्यतालिका रहेको छ।

संसद बैठक बस्ने भएसँगै संसद भवन नयाँबानेश्वर क्षेत्रमा चहलपहल बढेको छ।

संसदीय दलको बैठकमा सहभागी हुन पुगेका कांग्रेस सांसदका केही तस्बिरहरुः 

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्