फोटो फिचर

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा जाँदै गरेका सांसदहरुको उत्साह (तस्बिर)

काठमाडौँ– आज पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसेको हो।

सर्वोच्च अदालतले गत असार २८ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर गरेको थियो। साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि पुनःस्थापना भएको प्रतिनिधि सभाको पहिलो बैठक आज बसेको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबैजसो दलका प्रमुख नेताहरु समेत प्रतिनिधिसभा बैठकमा सहभागि हुन पुगेका छन्। पूर्वनिर्धारित समयमै सांसदहरु संसद भवन नयाँ बानेश्वर पुगेका थिए।

आज संसद भवन परिसरमा चहलपहल देखिएको छ। सांसदहरु, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको उपस्थितिले संसद भवन परिसरमा चहलपहल बढेको हो।

प्रतिनिधि सभाको बैठकमा सहभागी हुन जाँदै गरेका केही सांसदहरु तस्बिरमा