राजेन्द्र लिङ्देन तटस्थ बस्ने

काठमाडौँ – स्वतन्त्र हैसियतमा रहेका राप्रपाका सांसद राजेन्द्र लिङ्देल स्वतन्त्र बस्ने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिदै लिङ्देनले तटस्थ बस्ने घोषणा गरेका हुन्।

दलहरुबीच देखिएको संघर्ष अहिले संविधानमाथिको विर्मश भन्दा पनि सत्ता संघर्षको परिणाम भएको उल्लेख गरे।

उनले संविधान मात्रै नभई तीस वर्षदेखि राजनीतिलाई नेतृत्व दिएका नेताहरु असफल भएको दाबी गरे।

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्