नेपाल पक्ष संसदबाट बाहिरियो, पक्ष वा विपक्ष कतै पनि मत नदिने

काठमाडौँ – माधव नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष वा विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै संसद भवनबाट बाहिरिएको छ।

नेपाल पक्षले देउवालाई मत दिने तयारी गरे पनि संसद भवनमा भएको छलफलपछि उनीहरु सामूहिक रुपमा बाहिरएका हुन्। तर नेता नेपाल भने अहिले पनि संसद भवनमै छन्।

बाहिरिएका एक सांसदका अनुसार उनीहरुसँग एमालेका १५ जना सांसद छन्। बाहिरिनेमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत छन्।

जसपाको ठाकुर पक्षले मत दिने भएपछि नेपाल पक्षले मत नदिए पनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ। बहुमतका लागि १३६ जना सांसद चाहिन्छ।

उनीहरु संसद भवनको पछाडितर्फको ढोकाबाट बाहिरिएका हुन्।
साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्