देउवालाई ओलीकाे जवाफ- खोप! खोप! खाेप! भनिरहनु पर्दैन

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भर्खरै विश्वासको मत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई खोप! खोप! खोप! भनिरहन नपर्ने जवाफ फर्काएका छन्।

च्यासलमा जारी पार्टीको उनी पक्षीय केन्द्रीय कमिटी बैठकमा सम्बाेधनका क्रममा उनले आफ्नो सरकारले पहिले नै खोपको प्रबन्ध मिलाइसकेकाले अब देउवाले खोप, खोप, खोप भनिरहन नपर्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो सरकारले जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर खोपको प्रबन्ध गरिसकेकाे छ। निकै नै मुस्किलले हामीले खोप जुटाएका हौँ। केही पनि नभएको अवस्थामा मुलुकलाई खोप जुटाउनु हाम्रा लागि ठूलो उपलब्ध थियो। अब आएर खोप, खोप खोप भनिरहनु पर्दैन।’

यस्तै बाढी प्रभावितहरुको उद्धार, राहत र प्रारम्भिक रुपमा पुनर्निर्माणको व्यवस्था मिलाइकेको दाबी पनि ओलीले गरे।

साउन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्