फोटो फिचर

बिहानभरि लाइन बसेर खोप लाउन नपाई लखेटिए विदेश जाने युवाहरु (तस्बिरहरु)

काठमाडौँ – टेकू अस्पताल खोप केन्द्रमा खोप लगाउन आएका झण्डै तीन सयजनालाई खोप नदिई फिर्ता पठाइएको छ ।

अमेरिका सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि लाइनमा बसेकाहरुलाई भिड धेरै भएको भन्दै प्रहरी लगाएर फिर्ता पठाइएको हो ।

५३–५४ वर्षका, सफाईकर्मी, स्वास्थ्यकर्मीसहित विदेश जानेहरुका लागि खोप दिने तयारी थियो । तर भिड थेगिनसक्नु भएको भन्दै टेकू अस्पताल खोप केन्द्रबाट पासपोर्टसहित खोपका लागि पुगेका युवायुवतिहरुलाई फिर्ता पठाइएको हो ।

सात सयजनालाई पुग्ने खोप रहेको भए पनि झण्डै तीन सय जनालाई बिना खोप पठाइएको हो ।

विदेश जान तयारीमा रहेका र खोप लगाउन नपाएका युवाहरुले आफूहरुलाई सरकारले हेर्नु पर्ने र काम गर्न जान पाउनु पर्ने माग गरेका छन् ।

साउन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्