प्रधानमन्त्री देउवा उभिए अमेरिकी राजदूतसँगै खोप अभियान ‘उद्घाटन’मा

काठमाडौं – संसदमा बहुमत हासिल गरेको भोलिपल्टै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप’ अभियान सरकारको प्राथमिकता हुने सन्देश दिएका छन्।

बौद्ध जोरपाटीमा एक खोप केन्द्रमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगृ उपस्थित भई सोमबार अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ लगाउने अभियानको उद्घाटन गरेका छन्।

विश्वास मत लिनेक्रममा उनको पहिलो, दोस्रो र तेस्राे सबै प्राथमिकता ‘खोप’ नै हुने घोषणाको भोलिपल्टै उनले त्यसमा आफू प्रतिबद्ध रहने प्रमाण पेश गरेका हुन्।

दुई दिन अघि मात्र सरकारले खोप अभियान व्यवस्थित भएको  र त्यसलाई व्यवस्थित गराउने घोषणा सहित चिनियाँ खोप ‘भेरोसेल’ लगाउने पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको थियो।

सोमबार नै बालुवाटारस्थित अन्तर्राष्ट्रिय आप्रवासी संगठन(आईओएम) कार्यालयमा काठमाडौंस्थित तिब्बती शरणार्थीहरुका लागि ‘कोभिसिल्ड’ खोप कार्यक्रम सन्चालन गरेको थियो।

साउन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्