देउवालाई मत दिएर गद्दारी गरेकाे भन्दै २२ सांसदलाई एमालेकाे स्पष्टीकरण

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण साेध्ने भएकाे छ।

साेमबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे।

बैठकले नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले गल्ती स्वीकार गरेर आउनेहरुलाई अन्तिम अवसर दिने निर्णय पनि गरेको छ। साथै बैठकले कार्यदलको १० बुँदे समझदारीलाई अनुमोदन समेत गरेको छ।

अर्को बैठक मंगलबार तीन बजे बस्ने बताइएको छ।

 

साउन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्