काठमाडौँ–  नेकपा एमाले केपी ओली निकट युवा संघले वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध प्रदर्शन गरेको छ।

नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा युवा संघले प्रदर्शन गरेको हो।

नेपाल पक्षले आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो। प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

त्यसको विरोधमा युवा संघले नेता नेपालको सांकेतिक शव बनाएर जलाएको छ।