टोकियो ओलम्पिकका लागि पुगेकी एक अमेरिकी जिमनास्टमा कोरोना संक्रमण

टोकियो ओलम्पिकमा सहभागी हुन जापान पुगेकी एक अमेरिकी महिला जिम्नास्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टिमका अर्का एक सदस्य उनको सम्पर्कमा आएको खुलेको छ ।

संक्रमण पुष्टि भएकी जिमनास्टमा कुनै पनि लक्षण देखिएको छैन । इन्जाई शहरमा रहेको ट्रेनिङ्ग क्याम्पमा रहेकी उनी संक्रमित पुष्टि भएपछि आइसोलेशनमा छिन् । संक्रमितसँगै सम्पर्कमा आएका अर्का एक सदस्यलाई पनि क्वारेन्टिनका लागि होटल पठाइएको छ ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्