टोटनह्यामले गोलरक्षक पियरलुइजी गुल्लिनीलाई भित्र्याउने

इंग्लिस क्बल टोटनह्यामले एटलान्टाका गोलरक्षक पियरलुइजी गुल्लिनीलाई भित्र्याउने भएको छ ।

प्रशिक्षकमा नुनो एस्पिरितो सान्तो नियुक्त भएपछि २६ वर्षका गुल्लिनीलाई लोनमा क्लब ल्याउन थालिएको हो । लोन सम्बन्धी सम्झौतामा आउँदो सिजन उनलाई १५ मिलियन युरोमा क्लबमै राख्न सकिने विकल्प पनि रहने उल्लेख छ ।

उनले इटालीबाट एक खेल खेलेका छन् । तर युरोकपका लागि उनी छनौटमा पर्न सकेका थिएनन् ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्