सर्लाहीमा करेन्ट लागेर राम–जानकी मठका पुजारीको मृत्यु

सांकेतिक तस्बिर

जनकपुरधाम – सर्लाहीमा करेन्ट लागेर राम जानकी मन्दिरका पुजारीको मृत्यु भएको हो । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नम्बर ८ घर बताउने ६० वर्षीय किशोरी दास बैरागी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पुजारी बैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ सोहडवा स्थित रहेको राम–जानकी मठमा विगत ४५ वर्षदेखि पुजारीको रुपमा बस्दै आएका थिए ।

पुजारी बैरागीको भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

करेन्ट लागेर मृत्यु भएका पुजारीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्