थप ३१०८ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०२ र ४ हजार २९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको छ।

गत २४ घण्टामा १ हजार ५९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्