काठमाडौँ उपत्यकामा थपिए ७१९ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा १ हजार ५९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्